Connect with us
Kapilvast Forest

रासायनिक मलको खरीत मुल्य महगाें भएको भन्दै कृषकद्वारा पालिकालाई ज्ञापन पत्र

२०७८, २९ कार्तिक सोमबारमा प्रकाशित

 

प्रभुनाथ गुप्ता, कपिलवस्तु-
नेपाल एक कृषि प्रधान देश भएपनि यहाँका कृषकहरु बर्सेनि मलखाद खरिद र अन्नबाली बिक्रि प्रक्रियामा धेरै नोक्सान बेहोर्दैआएका छन।यश आर्थिक बर्ष मा बेमौसमी बर्षा को कारण कृषकहरु को धान खेती एक चौथाइ नस्ट भएको छ।आजको किसानले आफ्नो अन्नबाली सरकारले तोकिएको दर भन्दा २५% कम पाएर बिचौलिया लाई बेच्न बाध्य छन,भने रासायनिक मलखात सरकारले तोकिएको दर भन्दा ३५% बढी रकम तिरेर किन्नु परेछ ।

यस जिल्ला कपिलवस्तुको शुद्धोधन गाउपालिका लबनीमा यस आर्थिक वर्ष पनि मलखाद्यको अभावमा कृषकहरू छट्पहिनु परेको छ ।
यता” बेमौसमी बर्षाले धानबाली नष्ट भएर गएको सबैलाई जानकारी नै छ ।

गेँहू खेतीको लागि मलखाद्य नपाएर अझै जीवन कस्टकर देखिन थालेको छ ।सरकारी दर रेट अनुसार युरिया रु.८५० र डिएपी रु.२३५० पाउनुपर्ने तर स्थानीय बजारमा भने युरिया रु.१४०० र डिएपी रु.३४०० मा बिक्रीवितरण भइरहेको जानकारी गराउदै छौं ।

मलखात महँगो भएपछि स्थानीय कृषकहरू छिमेकी राष्ट्रिय भारत बाट ल्याउन बाध्य भएका कृषकहरू को यस्तो समस्या प्रति बिशेष ध्यानाकर्षण गर्न सम्बन्धित निकाय सँग जोदार माग गर्द छौ ।

यसर्थ समयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेकोमा हामी स्थानीय साधारण कृषकहरू वर्ग ले शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुनेछौं” भनेर स्थानीय कृषकहरुले शुद्धोधन गाउपालिका मा ज्ञापनपत्र समेत बुझाएका छन ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रशाद ज्ञवाली ले तत्कालै कालो बजारी रोक्न सम्बन्धित स्थानीय निकायहरुलाइ चिट्ठी पठाउन पालिका कृषि शाखा प्रमुख राजेश कुमार चौधरीलाई भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu