Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

bank

काठमाडौं-राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (मंसिर १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशतदेखि अधिकतम ६.५५ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ८.११ प्रतिशत देखि अधिकतम १०.११ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.५५ प्रतिशतसम्म मात्र थियो । यो महिना बैंकले करिब ०.५६ प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो ।

बैंकले ब्याजको आधारदरमा अधिकतम ४ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । प्रथम त्रैमाससम्ममा बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरेको छ ।

त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ९ प्रतिशत देखि अधिकतम ११.५१ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

6193014f7faeb.jpg 61930154d6f5d.jpg

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu