Connect with us
Kapilvast Forest

विजगौरी गाउँमा स्यालको आतङ्क, तीन जनालाई टाेक्याे

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

माधव बेल्वासे ,चन्द्रौटा-
कपिलवस्तुको शिवगढीमा स्यालले आतङ्क मच्याएको छ । शिवराज नगरपालिका वडा ९ मा पर्ने विजगौरी गाउँमा गए राती स्यालले टोक्दा तीन जना घाइते भएका छन् । राती करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीहरूको घर मा भित्र पसेर आतङ्क मच्चाएको हो । स्थानीय विष्णु घर्तीको घर भित्र पसेर उनको खुट्टामा टोकेको थियो ।

गाउँलेहरूले लखेटे पछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खा पुनलाई टोकेको स्थानीय लक्ष्मी पुनले बताउनुभयो ।

सुकुम्बाको अनुहारमा झम्टिएको हो भने इर्खाको हातमा टोकेको बताइएको छ । बौलाहा स्याल हुन सक्ने र घाइते तीनै जनाको बुटवलमा उपचार भइरहेको शिवराज नगरपालिका वडा ९ का अध्यक्ष चुर बहादुर खड्काले बताउनुभयो ।

शरीरका केही भागमा चोट लागेकोले एम्बुलेन्स मार्फत घाइतेको उपचारको लागि बुटवल लगिएको खड्कले बताउनुभयो । स्यालले स्थानीहरूको बङ्गुर बाख्राहरूलाई पनि टोकेको स्थानीहरूले बताएका छन् । स्थानीय र कुकुरको सहयोगले उक्त स्याललाई राती नै मारिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu