सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड
जनकपुरधाम -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक(दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गर्नु भएको छ ।
अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बतानु भयो ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ(आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गर्नु भयो ।हामी अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं’ उहाँले भन्नु भयो ।