Connect with us
Kapilvast Forest

युवा नेता पौडेलको महाधिवेशन प्रतिनिधिमा उमेदवारी

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशन अन्तरगत कपिलबस्तुको निर्वाचन क्षेत्र नम्बर ३बाट प्रभावशाली युवा नेता अमर पौडेलले महाधिवेशन प्रतिनिधिमा आफनो उमेदवारी रहेको बताउनु भएको छ ।

लामो समयदेखि कपिलवस्तुमा रहेर पार्टिको विभिन्न संगठनमा रहेर पार्टिका विभिन्न भुमिकामा रहेर काम गर्दै आउनु भएका युवा नेता नेता पौडेलले १४ औं महाधिवेशनमा कपिलबस्तुको निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पौडेलले उमेदवारी दिने बताउनु भएको छ । नेपाली काँग्रेस पार्टि र पार्टी भित्रका भात्रि संगठनहरुलाई बलियो बनाउन मैले उमेदवारी दिने घोषणा गरेको छु युवानेता पौडेलले भन्नु भयो । समाजसेवामा लामो समयदेखि सकृय रहेका नेता पौडेले युवाहरुमाझ लोकप्रिय मानिनुहुन्छ ।युवा नेता पाडेलले उमेदवारी दिने घोषणा गरेसँगै युवाहरु उत्साहित भएका छन् ।युवा नेता पौडेल केन्द्र देखि स्थानिय तह सम्मका नेताहरुको पृय पात्रको रुपमा चिनिदै आउनु भएको छ ।

 

सानै उमेर देखि बिद्यार्थी आन्दोलनमा लाग्दै राजनिती यात्रा सुरु गरेका बिद्यार्थी नेता हुन स्कुल पढ्दा देखिनै नेबि संघमा रहेर संगठन निर्माण र बिद्यार्थी आन्दोलनमा होमिएका पौडेल बिद्यार्थी आन्दोलन र तरुण आन्दोलन गर्दै राजनितिकमा कहिले बिबादिन नभइ राजनिती यात्रा गरेका छन ।

तरुणदलको जिल्ला सचिवमा रहेर काम गर्दा कपिलवस्तुको पश्चिम क्षेत्रमा दर्जनौ युवा आन्दोलनमा सरिक भएर सफल नेत्तृत्व गरि सकेका छन भने दर्जनौ प्रभावशाली युवाहरुलाइ काग्रेसमा प्रबेस गराएर पार्टीलाई ठुलो गुन लगाउनु भएको छ ।

राजनितिमा युवा पुस्ताको केन्द्रीय राजनितीमा पहुच कमजोर भइरहेको अबस्थामा आगामी अधिबेशनमा युवा पंक्तिलाई पनि केन्द्रिय राजनितिमा सहभागी हुने अधिकार रहन्छ भन्ने संदेश देशभरि दिन पनि आफ्नो उमेदवारी रहेको पौडेलले बताउनु भएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अधिकांश पाका उमेरका मात्र आंकाक्षी हुने परिपाटी अन्त्य गर्दौ युवापुस्ता लाई राजनितिमा रहेको बढ्दो बितिष्णा हटाउन युवाहरु मुलधारको राजनिति आउनु जरुरी रहेको पौडेलको भनाइ छ ।

१४ ओै महाधिवेशनमा कम उमेरमा महाधिवेशन प्रतिनिधि मध्ये आफू निर्वाचित बनेर जानेका कपिलवस्तुका सबै क्षेत्रिय प्रतिनिधीहरु मतदान गर्नेमा बिश्वास रहेको उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu