Connect with us
Kapilvast Forest

चितवनबाटै नेविसंघ सभापति बनेँ, महामन्त्रीका लागि आशीर्वाद लिन आएको छु:प्रवक्ता शर्मा

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

चितवन- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा निर्वाचन जित्न चितवनको माटोको आशिर्वाद लिएको दाबी गर्नु भएको छ । कांग्रेस भरतपुर महानगर वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा ‘दलमा रूपान्तरण र देशमा रूपान्तरणको अनिवार्य सर्त’ नामक अवधारणा पत्र सार्वजनिक गर्दै शर्माले यस्तो दावी गर्नु भएको हो ।

 

२१ वर्ष पहिले चितवनमा सम्पन्न महाधिवेशनबाट नै आफू नेपाल विद्यार्थी संघको सभापति बनेको स्मरण गर्दै प्रवक्ता शर्माले भन्नु भयो ।२१ वर्ष पहिले चितवनबाटै एक हप्ता चलेको महाधिवेशनबाट नेविसंघको सभापति बनेँ, विद्यार्थी आन्दोलन गर्ने नेतृत्वमा पुँगे, महामन्त्री बन्न चितवन माटोको आशीर्वाद लिन फेरि आएको छु ।’

उहाँले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गर्नु भएको हो । यसअघि उहाँले असोजमा झापाबाट ‘राजनीतिमा परिवर्तन’सम्बन्धी अवधारणा पत्र सार्वजनिक गर्नु भएको थियो । उहाँले १५ वर्षको सपना बोकेको कांग्रेस बनाउनुपर्नेमा जोड दिनु भयो ।

 

उहाँले भन्नुभयो ‘एउटा चुनाव जित्ने अर्को चुनाव हार्ने अवस्था कांग्रेसले बदलेर लगातार १५ वर्ष जित्ने नीति बनाउनुपर्छ । कांग्रेसका दिन सिद्धिए भन्नेहरुनै ढोका ढक्काउँदै खोज्न आए, हामी १५ बर्षसम्म लगातार जित्ने लिएर हिड्नुपर्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu