Connect with us
Kapilvast Forest

बाचा पुरा गर्दै वडा अध्यक्ष चौधरी

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु –कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुशील कुमार चौधरीले आफू वडा अध्यक्षमा निर्वाचित हुँदा गरेका अधिकांश वाचा पुरा गर्नु भएको छ । उहाँले निर्वाचित हुँदा गरेका वाचा र वडामा क्रमशः विकाश भएको देख्दा स्थानीयवासी खुसी भएका छन् ।

महाराजगन्ज नगरपालिका वडा नम्बर ४ क्षेत्रमा रहेका ८ वटै गाउँका नागरिकहरू माझ समय समयमा पुगेर स्थानीयहरूको समस्यालाई बुझै अगाडि बढेका अध्यक्ष चौधरीको कार्य देखेर स्थानीयहरूले खुसी महसुस गरेका छन् । महाराजगन्ज नगरपालिका वडा नम्बर ४ का अध्यक्ष चौधरीले प्रतिबद्धता जनाए अनुसार आफूले काम गरेका बताउनु भएको छ ।

उहाँ जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि वडाको हरेक क्षेत्रमा सुधार र परिवर्तन भएको छ । निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका अथवा चुनावी बाचा ७० प्रति पुरा गरी सकेको पनि अध्यक्ष चौधरीले बताउनु भयो ।

‘आफू निर्वाचित भइसकेपछि शून्य अवस्थाबाट विकासको गति अगाडि बढाएर अहिले सम्म सन्तोषजनक कार्य गरेका छौँ, हामी सोचेको सबै काम पूर्ण रूपमा गर्न सकिएन, उहाँले भन्नु भयो ‘वडाको विकास निर्माणको कामलाई पनि तीव्रता दिएका छौँ, उहाँले भन्नु भयो ।

वडाका जनप्रतिनिधिले चुनावको समयमा गरेका अधिकांश वाचा पुरा गरेकोमा स्थानीय धिरज चौधरीले खुसी व्यक्त गर्नुभयो ।

वडा नम्बर ४ अन्तर्गत रहेका ८ वटै गाउँमा सडक निमार्ण, किचड मुक्त वडा कृषकहरूका लागि कृषि औजार खरिद तथा अनुदान वितरण , स्वास्थ्य क्षेत्रको लागि वडावासीहरूलाई लाभ हुने गरी भवन निर्माण गरिएको छ ।

शिक्षा क्षेत्रमा पछाडि परेका मुस्लिम समुदायलाई समेट्ने गरी विद्यालय सञ्चालन गर्नुका साथै विद्यालय सुरक्षाको लागि विद्यालय बाउन्ड्री गरिएको छ ।

विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएको अध्यक्ष चौधरीले बताउनु भयो । साथै विधार्थीहरुको लागि नियमित विद्यालयमा आउने वानिको विकाश गर्न समय समयमा शैक्षिक सामग्री वितरण समेत गरेको बताउनु भयो ।

साथै वडामा शान्ति सुरक्षा समय समयमा सम्बन्धित निकाय सँग सहकार्य र समन्वय गरेको बताउनुभयो । स्वच्छ खानेपानीको लागि गाउँमा बोरिङ गाडेको बताउनु भयो । स्थानीयले निर्वाचनमा आफूलाई विजय गराएमा विद्युत् ,खानेपानी , सडक ,नाला ,कृषि तथा शिक्षा जस्ता आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राखेर आफ्नो कार्य अवधिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए अनुसार ती सबै कामहरू पुरा गरेकामा स्थानीय हर्षित भएका छन् ।

कोभिड भयावह रूपमा फैलिएको अवस्थामा वडाका नागरीको सुरक्षाको लागि , औषधी, राहत, क्वारेनटिन तथा आइसोलेसन व्यवस्थापनमा पनि वडा जुटेको वताउनु भयो । वडाका २५ बढी बेरोजगारहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमको लाभ समेत लिएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu