Connect with us
Kapilvast Forest

एमाले महाधिवेशनस् नेताहरु चितवन आउन सुरु

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

भरतपुर– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ। महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल बुधबार दिउँसो चितवन पुगिसक्नु भएको छ ।

 

त्यस्तै, स्थायी कमिटी सदस्य एवम् मूल आयोजक समितिका सह सयोजक सुरेन्द्र पाण्डे पनि चितवन पुग्नु भएको छ ।

 

महाधिवेशनको तयारीका लागि बुधबार बेलुकासम्म महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा (बादल) पनि चितवन आउने प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिनु भयो ।

 

नेताहरुले चितवनमा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन दिने रिमालले बताउनु भयो ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। मंसिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu