Connect with us
Kapilvast Forest

नवलपुरमा देउवा–कोइरालाको गठबन्धन पराजित

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

पोखरा- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नवलपुर (नवलपरासी पूर्व) मा रोचक मत परिणाम आएको छ ।देशभर संस्थापन र इतर समूह फरक प्यानल बनाएर चुनाव भइरहेका बेला महामन्त्री शशांकको चुनाव क्षेत्रमा भने सभापति शेरबहादुर देउवा–कोइराला समूहको एउटै प्यानल बनेको थियो ।

 

एक्लै प्रतिस्पर्धामा उत्रिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्षेत्र नं १ मा सभापति देउवा र महामन्त्री कोइरालाको प्यानललाई हराएको छ भने क्षेत्र नम्बर २ मा मत बराबरी भएको छ ।

क्षेत्र नम्बर १ मा देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन सभापतिको उम्मेदवार थिए । १ हजार १ सय ५१ मत खसेकोमा २ सय २३ मतान्तरले पौडेल समूहका भट्टचन विजयी हुनु भएको हो ।

भट्टचनले ६ सय ७० मत ल्याएका छन् भने पराजुलीले ४ सय ४७ मत पाए । सचिव र सहसचिवमा भने दुबै प्यानलबाट १÷१ जना विजयी हुनु भएको छ । देउवा–कोइराला प्यानलका अमृत श्रेष्ठ सचिवमा विजयी भए भने अर्को सचिवमा वरिष्ठ नेता पौडेल समूहकै शालिकराम सापकोटा विजयी हुनु भएको छ ।

सहसचिवमा पौडेल समूहका टीकाराम सापकोटा र देउवा–कोइराला प्यानलका तेजप्रसाद घिमिरे विजयी हुनु भएको छ ।

महाधिवेशन प्रतिनिधिको मतगणना भने सकिएको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सांसद विष्णु लामिछाने, ओमकला गौतम लगायत देउवा–कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुनुन्छ ।

नवलपुर क्षेत्र नम्बर २ मा दुबै प्यानलका उम्मेदवारले बराबर मत पाएका गण्डकी प्रदेश सभा सांसद तथा महाधिवेशन प्रतिनिधि विष्णु लामिछानेले जानकारी दिनु भयो ।

सभापति पदका उम्मेदवार सूर्य गुरुङ र जगत कार्की दुवै जनाले समान ३ सय ९४ मत प्राप्त गरेका छन् । कुल खसेको ७ सय ९७ मतमा ९ मत बदर भएको थियो ।

दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि अब कसरी विजेता घोषणा गर्ने भन्ने विषयमा छलफल पछि निश्कर्षमा पुगिने निर्वाचन मण्डलले जनाएको छ ।

‘नवलपुर–२ मा बराबरी मत प्राप्त भएपछि बिहीबार फेरि गणना हुने छ,’ कांग्रेस जिल्ला सभापतिसमेत रहेका लामिछानेले भने, ‘फेरि पनि समान मत आएका गोलाप्रथाद्वारा सभापति चुनिने छ ।’

यसअघि स्थानीय तहको अधिवेशनमा देवचुली नगरपालिकामा समेत दुवै उम्मेदवारले बराबर मत पाप्त गरेपछि गोलाप्रथाबाट विजेता चयन गरिएको थियो । कांग्रेस महामन्त्रीकै जिल्लामा देउवा–कोइराला गठबन्धन भएपछि गण्डकी प्रदेशभरि नै त्यसको तरंग थियो ।

गण्डकी प्रदेश समितिको निर्वाचनमासमेत त्यही गठबन्धन बन्ने हो कि भन्ने आंकलन नेताहरुको थियो । तर, नवलपुरमा देखिएको परिणामले भने फरक सन्देश दिएको कांग्रेसका एक नेताले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu