Connect with us
Kapilvast Forest

प्रहरीजवान पाँच हजार घुससहित समातिए

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

वीरगन्ज, भदौ २३ । वीरगन्जमा पाँच हजार रुपैयाँ घुस रकमसहित सोमबार एकजना प्रहरीजवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत् प्रहरीजवान गम्हिरा साह तेलीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको हो ।

वीरगन्जको माइस्थान मन्दिरअगाडि रहेको एक मिठाइ पसलमा सेवाग्राहीसित घुसवापतको रकम लिन गएको विशेष सूचनाको आधारमा प्रहरीजवान गम्हीरालाई पक्राउ गरिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले जानकारी दिए ।

पक्राउ परेका प्रहरीजवान तेली जिल्ला प्रहरी कार्यालयको सहायताकक्षमा कार्यरत् थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu