मुस्लिम र हिन्दु समुदायले आज मोहर्रम पर्व मनाउँदै
- सनिउल्ला धोबी, कपिलवस्तु भद्रा २४
आज मुस्लिम र हिन्दु समुदायले सामुहिक रुपमा मोहर्रम पर्व मनाउदैछन् । मुस्लीम पात्रो अनुसार हिजरी सम्वंत १४४१ को मोहर्रम महिनाको आज १० तरिखको यो पर्व धुमधामका साथ मनाइदै छ । मुस्लिमको पर्व भएपनि सदियौंदेखि यहाँका हिन्दूहरुले समेत सँगसँगै मनाउने एक मात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदाय विच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाहरुको बुझाई छ ।
आफुले भाकल गरेको चहाना पुरा हुने भएकोले हिन्दु धर्मलम्वीहरुले मोहर्रम पर्व मान्दै आएका छन । आज हिन्दु र मुस्लीम समुदायका अधिंकास मानिस बत्र समेत बसेका छन ।
मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतिक स्वरुप तहजियाको पूजा गरिने प्रचलन रहेको छ । धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदान प्रदान गरी मनाउने गरेका हुन् ।
यता मुस्लिम धर्माबलम्बी र हिन्दु धर्माबलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मुर्ति तहजियाको बिक्री बढेको छ । हिन्दु र मुस्लिम धर्मावलम्बिले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखि चाड मनाउने गरेका छन ।
आज भन्दा १४ सय ५० बर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परि मारिएका ईस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाईने गरेको छ । उनको प्रतिक स्वरुप घरघरमा तहाजियाको पुजा गरिने चलन रहेको छ । करवल (चिहन) मा आज साझ तहजीया विर्सजन गरेपछी यो पर्व समाप्त हुनेछ ।