Connect with us
Kapilvast Forest

अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु -अजम्मरी सामुदायिक बन को पहिलो साधारण सभा सप्पन्न भएको छ ।सोमबार शिवराज नगर पालिका ९ को बिजगौरीमा अवस्थित सुर्यमुखी युवा क्लबको भवनमा एक कार्यक्रमको आयोजना गरि अजम्मरी सामुदायिक वनले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको हो ।

मानव जिवन संग प्रत्यक्ष जोडिएको बन सबै मिलेर जोगाउनु पर्ने सभामा वनका अध्यक्ष सुकमया बिश्वकर्मले बताउनु भयो ।सबै इमानदार भए वन आफै जोगिने भए पनि मुठ्ठी भर घास राम्रो हुन्छ भनेर डडेलो लगाउने घाँस दाउरा चाहियो भनेर वन बिनाश गर्ने केही ब्याक्तीले गर्दा नै सारा उपभोक्ताले दुख पाउनेगरेको पनि उहाले बताउनु भयो ।

कोही उपभोक्तालाई पनि दुख नहोस् भनेर सव डिभिजन बन संग सहकार्य गरेर सबै उपभोक्ताको आवश्यक चरिचरन आवश्यक काठ घास दाउरा सहज रुपमा उपलब्ध गराउने उहाले बताउँनु भयो ।

अब वनले योजना बनाएर समरक्षणमा गर्ने बिश्वकर्माले बताउनु भयो ।सभाको सब डिभिजन बनका अधिकृत अजय मिश्रले ब्यानर खोलेर र वृक्ष राेपण गरेर सभाको उट्घाटन गरिएको हो । सभामा ईलाका प्रहरी कार्यालयका प्रमुख विभिन्न सामुदायिक बनका अध्यक्ष वडा न९ का वडासदस्य रामगोपाल चौधरी र स्थानीय उपभोक्ताको बाक्लो उपस्थितिमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu