कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा कलाम बिजयी
कपिलवस्तु-नेपाली कागेंस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम बिजयी हुनु भएको छ । कलाम १०९ मतअन्तरले सभापतिमा बिजयी हुनु भएको हो ।कलामले ९२८ मत र सभापतिका अर्का दावेदार राजेश आर्चायले ८१९ मत ल्याउनुभएको थियो ।
यस्तै उपसभापतिमा हुमाकान्त खनाल ८३२, रजत राज आचार्य ८२६मत ल्याएर विजयी हुनु भएको छ भने सचिवमा खोम बहादुर सिंह ठकुरी (शक्ति सिंह) ९२८ र प्रेम बहादुर रायमाझी ८७६मत ल्याएर विजयी हुनु भएको छ । त्यस्तै र सहसचिवमा बिरेन्द्र कुमार शुक्ला र मो। वजिह अरसद (ओ।जी) बिजयी हुनु भएको छ ।
जिल्ला सदस्यहरुमा पनि कलाम पक्षका ७ जना बाहेक सबै उमेद्धवार विजयी हुनु भएको छ ।