भीम आचार्य र टंक कार्की सचिवमा पराजित,ओलि प्यानल सबैमा विजयी
काठमाडौं-नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित हुनु भएको छ ।
अध्यक्षमा ओलीसँग भीम रावल पराजितहुनु भएको छ भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सक्नु भएन । यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित हुनु भएके छ । उहाँहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिनु भएको थियो ।