एमाले नेतृत्वमा पूर्व माओवादीका तिनै नेता विजयी
चितवन – नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिनु भएको छ ।
रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव हुनु भयो । उहाँहरु सबै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि घोषणा सूचीमा परेको, तर चुनाव लडेर आउनु भएको छ ।
६ उपाध्यक्षका लागि सात जना प्रतिस्पर्धामा थिए, जसमा १७६८ मतका साथ छैटौं नम्बरमा रहेर बादल निर्वाचित भहुनु भयो ।
सात सचिवका लागि ९ जना चुनावी प्रतिस्पर्धामा हुनुन्थ्यो । लेखराज भट्ट १७०४ मतका साथ पाँचौं र टोपबहादुर १७०० मतका साथ छौटौंमा नम्बरमा रहेर विजयी हुनु भयो ।
ओलीको टिममा नरहेर उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित हुनु भयो ।