प्रदेश महामन्त्रीमा पुर्व सभापति आचार्यले उम्मेदवारी दिने
कपिलवस्तु-कांग्रेस कपिलवस्तुका पुर्व सभापति सुरेन्द्रराज आचार्यले आसन्न १४ औं महाधिवेसनमा लुम्बिनी प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । प्रदेशमा रहेका १२ जिल्लामा कांग्रेसलाई एक्क ढिक्का र मजबुत बनाउन प्रदेश महा मन्त्रिमा आफनो उम्मेदावरी रहने अचार्यको भनाइ छ ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भए लगत्तै अब प्रदेश अधिवेशनतर्फ नजर परेको छ। कांग्रेश महादिवेशनको प्रदेश नेत्रित्वका लागि यही मंसिर १७ गते उम्मेदवारहरूले मनोनयन हुने छ । त्यसपछि १८ र १९ गतेभित्रमा प्रदेश अधिवेशन हुने छ । सोहि अनुसार कांग्रेश प्रदेश अधिवेशनमा अन्र्तगत आचार्यले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।