अध्यक्षमा पराजित रावल ओलीसँगै मञ्चमा
काठमाडौं – भीम रावललाई पराजित गर्दै नेकपा एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनु भएको छ ।
मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना हुन लागिरहेको छ । कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा रहनु भएको छ । अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बस्नु भएको छ ।
एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारीबाट पछि हट्न चाहनु भएन ।ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिनु भयो ।