Connect with us
Kapilvast Forest

कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा शेर्पा विजयी

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी हुनुभएको छ । उहाँले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्नु भएको हो ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट संस्थापन पक्षका उम्मेदवार शेर्पा सभापतिमा विजयी हुनु भएको हो । जिल्ला निर्वाचन समितिका अनुसार निर्वाचनमा ८९७ मत खसेकोमा सभापतिमा निर्वाचित शेर्पाले ५१३ मत पाए भने बस्नेतले ३७१ मत पाउनु भयो।

 

शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो ।पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थिए भने शेर्पाले ४१८ मत प्राप्त गर्नु भएको थियो ।

सभापतिबाहेक बाँकी कार्यसमिति भने पहिलो चरणकै निर्वाचनबाट टुंगो लागेको थियो । उपसभापतिमा घनराज सुनुवार र फुर्दोजी शेर्पा विजयी भएका छन् भने सचिवमा भलाकाजी राई कुलुङ र युवराज घिमिरे निर्वाचित हुनु भयो । सहसचिवमा उत्रमान राई र ङमिाछिरी लामा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu