Connect with us
Kapilvast Forest

सीपी मैनालीमाथि प्रचण्डको व्यंग्य : राप्रपाको अध्यक्ष हुन लागेको भए बधाई छ

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै व्यंग्य गर्नु भएको छ ।

राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने(झापा बिद्रोह) सुरुवात गरेका मैनानलीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लागेको प्रचण्डले बताउनु भयो ।

 

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिएका प्रचण्डले मैनालीलाई व्यंग्य गरे, मलाई त लाग्यो, उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे । साँच्चै त्यसो हो भने सीपीजीलाई बधाई छ ।’

आफूले त्यस्तो गर्न नसक्ने भन्दै उनले राप्रपासँग आफ्नो मत नमिल्ने बताउनु भयो । आफू गणतन्त्रवादी, धर्म निरपेक्षतावादी भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, त म पनि तपाईंहरु जस्तै राष्ट्रवादी ।’

‘राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् । एउटा, राष्ट्रवाद भन्ने वित्तिकै हिजो भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिर फर्किन खोज्ने, अर्को सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिर नै फर्किन खोज्ने राष्ट्रवाद ।’

ईतिहासप्रति गर्व गर्नुपर्ने र त्यसको नेतृत्व गरेका राजा महाराजाहरुप्रति गर्व गर्न सकिने उहाँले बताउनु भयो । अघि भने, ‘आज युग फेरिएको छ, लोकतन्त्रको परिभाषा नयाँ स्तरबाट व्याख्या गरिएको छ । जनताको भूमिका नयाँ ढंगले परिभाषित गरिएको छ । त्यसकारण इतिहासको गर्व गर्दैगर्दा वर्तमानलाई बिर्सिन हुँदैन, भविष्यतिर ध्यान जानुपर्छ ।’

विचारमा मतभिन्नता हुँदाहुँदै अराजकता अन्त्य होस्, राजनीतिक स्थिरता नहोस् भनेर संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन भूमिका खेलेको भन्दै प्रचण्डले राप्रपाको प्रशंसा समेत गर्नु भयो ।

राप्रपाको मञ्चमा सिपी मैनालीद्वारा राजाको तारिफ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu