Connect with us
Kapilvast Forest

कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्रीय सभापतिमा देउवा पक्षका खा बिजयी

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु -कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्रीय सभापततिमा देउवा पक्षका अब्दुल मन्नान खा बिजयी हुनु भएको छ । खाले २० मतको अन्तरले अर्का उम्मेदवार टेक बहादुर शाहीलाई हराउदै क्षेत्रीय सभापति बन्नु भएको हो ।

उहाँले २ सय ९९ र शाहीले २ सय ७९ मत पाउनु भएको हो । सतिमिा खा कै प्यानल बिजयी भएको छ । यस्तै महाधिवेशन प्रतिनिधिमा आशिष शर्मा, कमल टण्डन, गणेश बहादुर क्षेत्री, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, दुनिका भुसाल, राजेश आर्चाय, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पाडैल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली रहनु भएको छ ।

महिलामा अपिला टण्डन, इन्दीरा भटराइ, तनुश्री भण्डारी, बिमला गैरे, त्यस्तै अन्य कोटामा मित्रदेव घिमिरे, गिता पाठक, मेवालाल यादव र सुरेश शर्मा बिजयी हुनु भएको छ ।

यस अघि नै सो क्षेत्रमा गुण लक्ष्मी शर्मा र कृष्ण न्यौपाने महाधिबेशन प्रतनिधमा निर्बिरोध निर्वाचित हुनु भएको थियो । उता क्षेत्र नम्बर ३ को मतगणना जारी रहेको र क्षेत्र नम्बर २ को भने केही मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका कारण बिवाद भए पछि रोकिएको केन्द्रिय प्रतिनिधि घन श्याम पन्तले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu