Connect with us
Kapilvast Forest

वैदेशिक रोजगारीमा गएका ४ सय २३ जना नेपाली विदेशी जेलमा

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

jel

 

काठमाडौं – रोजगारीका लागि देशबाहिर गएका ४ सय २३ जना नेपाली विदेशका जेलमा थुनिएका छन्।

रोजगारीका लागि विदेश जाने नेपालीलाई गन्तव्य मुलुकको नीति तथा कानुनको जानकारी नहुँदा विभिन्न कसुरमा जेल पर्ने गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीका अनुसार विभिन्न श्रम गन्तव्य देशमा गरी ४ सय २३ जना जेलमा छन्।५ सय ४५ जना नेपालीले जेल जीवन बिताइरहेका थिए। बिना कसुर जेलमा परेकालाई नियोगको सिफारिसका आधारमा १ सय २२ जनाको उद्धार गरिएको बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार सबैभन्दा बढी मलेसियामा १ सय १६ जना जेल जीवन बिताइरहेका छन्।त्यसैगरी कुवेतमा ४९ जना जेलमा छन्। त्यसपछि साउदी अरेबिया, कतार, युएईमा रहेको बोर्डले जनाएको छ।

रोजगारीका लागि विदेश गएका नेपाली कानुन र भाषाको अज्ञानताकै कारण पनि जेल पर्ने गरेका छन्।कतिपय भने गैरकानुनी क्रियाकलाप गर्नाले पनि जेल पर्ने गरेका छन्। त्यस्तै, झै–झगडा, मदिरासेवन, सडक दुर्घटना, रोजगारदाता देशको नियम पालन नगर्दा, ज्यान मार्नेजस्ता अभियोगमा जेल पर्ने गरेका छन्।

खाडी देश र मलेसिया पुगेका नेपाली कामदार भने अन्य देशका नागरिकसँग झगडा गरेका कारण जेल पर्ने गरेको नियोगहरूले बताउँदै आएका छन्।सरकारसँग खाडी देश र मलेसियाका जेलमा रहेका नेपालीको मात्र तथ्यांक छ। युरोपेली देशमा कति नेपाली कामदार जेलमा छन् भन्ने तथ्यांक नभएको बोर्डले जनाएको छ।सामान्य गल्तीका कारण जेल पर्ने भएकाले जेलमुक्त हुने संख्या घटबढ भइरहने सूचना अधिकारी सुवेदीको भनाइ छ।

कानुनी सहायताका लागि १५ लाख

वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका अपराध जन्य गतिविधिमा सहभागी नभए पनि बिना कसुर जेल जीवन भोग्न बाध्य नेपालीलाई सरकारले कानुनी सहायता गर्दै आएको छ।

विदेशी जेलमा रहेका र कानुनी सहायता गर्नुपर्नेलाई प्रतिव्यक्ति १५ लाख रूपैयाँ सहायता उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

भाषा नजानेकै कारण कैयौं नेपालीले विदेशमा अनाहकमा दुःख पाइरहेको उनले बताए।

निर्देशक श्रेष्ठले भने, ‘भाषाको ज्ञान र अन्य सामान्य जानकारी नहुँदा कैयौं नेपाली गन्तव्य मुलुकमा काम गर्दा गर्दै जेल पुगेका छन्।’

निर्दाेष अर्थात बिना गल्ति जेल परेकाको उद्धार गरिने उनले बताए।मृतकका परिवारलाई सरकारको सहयोग

वैदेशिक रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका वा अंगभंग भएकाको परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता गर्दै आएको छ।

०७७/७८ मा रोजगारीको सिलसिलामा ज्यान गुमाएका १ हजार २ सय ४३ परिवारलाई आर्थिक सहयोग गरेको बोर्डले जनाएको छ।

उनीहरूका आफन्तलाई ७३ करोड ७१ लाख ८० हजार रूपैयाँ आर्थिक सहायता गरेको थियो।

त्यसैगरी रोजगारीका क्रममा अंगभंग वा सिकिस्त बिरामी भएका १ सय ४३ कामदारलाई २ करोड ६६ लाख ७२ हजार रूपैयाँ सहयोग गरेको बोर्डले जनाएको छ।

पछिल्लो समय गन्तव्य देशअनुसार सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग श्रम स्वीकृतिको समयअवधि अनुसार १ हजार ५ सय र २ हजार ५ सय लिने गर्छ।

श्रमिकले जम्मा गरेको सोही रकमबाट बोर्डले रोजगारीको क्रममा मृत्यु हुनेका परिवारलाई आर्थिक सहयोग, बिरामी वा अंगभंग भएकालाई सहयोग गर्दै आएको सूचना अधिकारी सुवेदीले बताए।

वैदेशिक रोजगारीको क्रममा निधन भए उसको नजिककाे आफन्तलाई प्रतिव्यक्ति ७ लाख उपलब्ध गराउँदै आएको छ। साथै घाइते वा अपांग भएकालाई ७ लाख दिँदै आएको बोर्डले जनाएको छ।

यसबाहेक बोर्डले वैदेशिक रोजगारीका क्रममा निधन भएका व्यक्तिका सन्तानलाई १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu