Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मत्सयपालक कृषक संजाल गठन

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

तस्विर प्रतिनिधिमुलक

कपिलवस्तु –ब्यवसायिक मत्सय पालन तर्फ कृषकहरुलाई उन्मुख गर्न कपिलवस्तुमा अगुवा मत्सय पालक कमलेशशरण चौधरीको अध्यक्षतामा ११ सदस्यीय कपिलवस्तु मत्सयपालक कृषक संजाल गठन गरिएको छ ।

भेटनगरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रद्धारा तौलिहवामा आयोजित मत्सय पालक कृषक र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा चौधरीको अध्यक्षतामा ११ सदस्यीय संजाल गठन गरिएको हो ।

संजालको उपाध्यक्षमा हेम प्रसाद बेल्बासे, सचिवमा अम्बर अधिकारी, सह सचिवमा रामानन्द चौधरी र कोषाध्यक्षमा लक्ष्मी थारु रहेका छन । यस्तै सदस्यहरुमा पिंगल प्रसाद पाल, राजेश केवट, अनुप कुमार पाण्डेय, संदीप कुमार चौरसिया, ईर्साद अहमद खा, र भोला यादव रहनु भएको छ ।

सो अवसरमा बिज्ञ केन्द्रका प्रमुख उत्तम आचार्यले कपिलवस्तुमा मत्सय पालनको अवस्था बारे प्रस्तुत गर्दै कपिलवसतुमा निर्वाहमुखी पाछा पालन गर्ने गरिएको बताउनु भयो ।

उहाँले केहीले मात्र ब्यवसायिकरुपमा माछा पालन गरेको भन्दै उहाँले ब्यवसायिकरुपमा माछापालन गरिए राम्रो आयआर्जन गर्न सकिने बताउनु भयो । उहाँले कपिलस्तुमा प्रशस्त ताल तलैयाहरु रहेको र माछापालनकालागि उपयुक्त स्थान समेत रहेको बताउनु भयो । उहाँले यस बर्ष केन्द्रबाट जिउदो माछा पसल २ वटा र मत्सय पालन ब्यवस्थापन यान्त्रिकरणकलागि २ जनालाई सहयोग गर्ने कार्यक्रम रहेको बताउनु भयो । सो अवसरमा पशुपंक्षी तथा मत्सय विकास निर्देशनालयका अधिकृत बिष्णु प्रसाद खनालले कृषकहरुले सहीढंगले मत्सय पालन गरे राम्रो आम्दानी गनेृ बताउनु भयो ।

उहाँले मत्यस पालन कसरी गर्ने र कसरी बढी आम्दानी कमाउन सकिन्छ भन्ने बिषयमा जानकारी गरउनु भएको थियो । कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको र ५ सय बढी ब्यवसायिक फर्म रहेका छन । यस्तै १५ मत्सय कृषक समुह छन । सो अवसरमा संजालका अध्यक्ष चौधरीले कपिलवस्तुमा ब्यवसायिक माछापालन तर्फ कृषकलाई आकर्षित गर्न आफुले सक्दो प्रयास गर्ने बताउनु भयो । उहाँले कपिलवस्तुलाई माछामा आत्मनिर्भर बनाउन पालिका, प्रदेश र संघीय सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu