Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको विधान परिमार्जन गर्न पाँच सदस्यीय समिति

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो। विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहेको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए।

प्रवक्ता महाराले पार्टीमा अब आउने नयाँ पार्टी सदस्यहरूको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए। उनले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताए। बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ। त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए।

‘खास गरेर केन्द्रीय प्रतिनिधिको विषयमा हिजो जुन निर्णय गरेका छौँ, त्यसलाई प्रस्तावकै रूपमा कायम राख्दै अन्य थप केन्द्रीय प्रतिनिधिहरू पठाउने ठाउँ धेरै छन्, उनीहरू सबैलाई फेरि थप प्रस्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ। प्रतिनिधिहरू छान्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नका निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको संख्याका आधारमा कुन प्रदेशले कति गर्‍यो त्यसका आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ’, महराले भने।

राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरूको प्रवेश शुल्कसमेत तोकिएको छ। प्रत्येक पार्टी सदस्यलाई दुई हजार प्रवेश शुल्क तोकिएको उनले जानकारी दिए। राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू निर्माण गरिएको छ। जसमा व्यवस्थापन उपसमिति, खास सम्मेलनको व्यवस्थापन गर्नका निम्ति हितमान शाक्यको नेतृत्वमा एउटा व्यवस्थापन उपसमिति निर्माण गरिएको छ। प्रचारप्रसार उपसमितिमा कृष्णबहादुर महराको नेतृत्वमा अर्को उपसमिति बनाइएको छ। लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत बैठकले गरेको छ। राष्ट्रिय सम्मेलनमा हरेक प्रदेशमा घाइते र अपांगहरूको हकहित सुरक्षित गर्ने निर्णय गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu