Connect with us
Kapilvast Forest

गठबन्धनले निकास दिँदैन, ताजा जनादेशमा जानुपर्दछ : अध्यक्ष ओली

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौँ — नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको समस्या समाधानका लागि जनादेशमा जानुपर्ने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पद बहाली गर्ने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

अहिले देखिएको समस्या समाधानका लागि ताजा जनादेशमा जानुपर्दछ । अन्यत्रबाट यसको निकास हुँदैन,ु अध्यक्ष ओलीले भन्नु भयो गठबन्धनले निकास दिन सक्दैन ।जनताहरुलाई सबै कुरा थाहा भएको उहाँको भनाइ थियो ।

 

यसैगरी अदालतमा देखिएको समस्या अघि न पछि भएको उहाँले टिप्पणी गर्नु भयो । ुअदालतको गतिरोधको निकास आउँदैन । गठबन्धनबाट पनि यसको आश गर्न सकिन्न । फैसलाका लागि ताजा जनादेश नै आवश्यक छ उहाँले भन्नु भयो ।

 

केही समयमै एमाले जिल्ला अधिवेशनतिर जाँदैछ । चितवनमा दसौं महाधिवेशनका निर्णयहरु निर्वाचन आयोगमा शुक्रबार बुझाउन लागिएको महासचिव शंकर पोखरेलले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu