Connect with us
Kapilvast Forest

कर्णालीमा काँग्रेस अधिवेशन : डेढ घण्टापछि सुरु भयो मतदान प्रक्रिया

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

सुर्खेत -कर्णालीमा निर्वाचन समितिले तोकिएको समयभन्दा साढे एक घण्टा ढिलागरी मात्र काँग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ बजेदेखि बेलुकी पाँच बजेसम्मका लागि मतदान समय तोकिएको थियो । तर, मतपत्र डिजाइनमा केही समस्या आएपछि केही परिर्वतन गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।

 

निर्वाचन समितिका अनुसार दिउँसो ठिक १ :३० देखि मतदान शुरु भएको छ। कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिड्दै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही र विमलेन्द्र निधि पक्षबाट मोतिराज बमले उम्मेदवारी दर्ता गराएका छन्।तीन जनामध्ये युवा नेता भूपेन्द्रजङ्ग शाही अगाडि आउने प्रबल सम्भावना रहेको काँग्रेस वृत्तमा चर्चा छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu