निर्वाचनपछि ओलीको पार्टी पत्तासाप हुन्छ :अध्यक्ष नेपाल
अर्घाखाँची -नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि केपी ओलीको पार्टी विलय हुने बताउनु भयो ।
एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले संविधान विपरीत दुईदुई पटक संसदको विघटन गरेपछि अहिले वहुमत आम नागरीकहरुओलिको पार्टीको विपक्षमा रहेकाले आगामी निर्वाचनपछि केपी ओलीको पार्टीलाई लाईट वालेर खोज्नुपर्ने अवस्था आउने दावी गर्न भयो ।
जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइने बताउनु भयो । संविधानको रक्षा गर्दै ससंद जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउमा रहने दावि गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनवाट केपी वलीको एमाले पार्टी पत्तासाप हुने ठोकुवा गर्नु भयो ।
सुखि नेपाली, समृद्ध नेपाल वनाउने अभियानमा पार्टी लागेकाले सवै नेता कार्यकर्ताहरु यसमा हातेमालो गर्न पुर्वप्रधानमन्त्रि नेपालले निर्देशन दिनु भयो ।