Connect with us
Kapilvast Forest

राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनको मतगणना सुरू भएको छ।प्रारम्भीक मतगणनामा अध्यक्षका उम्मेद्वार राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्। ४४९ मत गणना हुँदा लिङ्देनले २६२ र कमल थापाले १८७ मत पाएका छन्।

निर्वाचन समितिका राजु बस्नतेका अनुसार कागजी मतपत्रबाट मतदान भएको अध्यक्ष पदका लागि मतगणना प्रक्रिया केहीबेर अघि सुरू भएको हो।अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने उहाँले बताउनु भयो ।राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

 

सात सह(महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।

४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।शनिबार बिहान ११ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो। अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो।

राप्रपाको यो एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिनु भएको छ ।यसैबीच प्रहरीले भृकुटीमण्डपको मूल गेटबाटै समाचार संकलनका लागि गएका पत्रकारलगायतलाई रोक लगाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu