कमल थापाका भतिजाले केन्द्रीय सदस्यबाट राजीनामा दिने
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताउनु भएको छ ।
अध्यक्षमा पराजित कमल थापाका भतिजा अभिषेक थापाले महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको बताउनु भयो ।