Connect with us
Kapilvast Forest

बागमती प्रदेशमा कांग्रेसको दोस्रो चरणको मतदान सुरु

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बागमती प्रदेश अधिवेशनबाट सभापतिको लागि दोस्रो चरणको मतदानसुरु भएको छ ।

निर्वाचन समितिले बिहान साढे ११ बजेबाट सुरु हुने भनेता पनि विभिन्न समस्याका कारण १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । मतदान गर्ने समयसिमा साँझ ५ बजेसम्मलाई तोकिएको छ ।

सभापतिमा संस्थापन समूह इन्द्रबहादुर बानियाँ र संस्थापन इतर पौडेल समूहका जगदिश्वर नरसिंह केसीको उम्मेदवारी छ । पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास प्रधान तेस्रो स्थान भएका थिए । पुनः निर्वाचनमा प्रधानले बानियाँलाई सघाएका छन् ।

बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ÷संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका छन् ।

अन्य पदमा भने शनिबार नै मतदान भइसकेको छ, गणना हुन भने बाकीँ रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu