संसद अवरूद्ध गर्नुको औचित्य छैन:भीम रावल
काठमाडौं – नेकपा (एमाले) नेता भीम रावलले संसद अवरुद्ध पारिरहनुको औचित्य नभएको बताउनु भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका बेला जनताको आवाज उठानुपर्ने थलो अवरुद्ध पार्नुको अर्थ नहुने बताउनु भएको हो ।
ट्वीट गर्दै रावलले अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्ने नभए अवरोधको अर्थ नहुने भनाइ राख्नु भएको छ ।