Connect with us
Kapilvast Forest

युवा सांसद शाहले दिए सरकारलाई सुझाव

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

काठमाण्डौँ भद्रा २५ ।

नेपाली कांग्रेसका सांसद एवम् युवा नेता अभिषेकप्रताप शाहले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले चीन र भारतका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदा प्रोटोकललाई ध्यान नदिएको भन्दै चिन्ता जनाएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहले चीन र भारतका विदेशमन्त्रीको स्वागतमा विभेद गरिएको बताए । उनले दुई देशका विदेश मन्त्रीलाई गरिएको भेदभावले नेपालको कुटनीतिक समस्या भएको बताए ।

‘भारतको विदेश मन्त्री आउँदा एउटा कर्मचारीलाई स्वागत गर्न पठाउने । चीनको विदेश मन्त्री आउँदा स्वागत गर्न मन्त्री पठाउने’, उनले भने, ‘प्रोटोकलको कुरामा जस्टिसको आधारमा हुनुपर्छ । त्यो भएन ।’

भारतको विदेशमन्त्री एस जयशंकरलाई परराष्ट्र सचिव र चीनका विदेश मन्त्रीलाई राज्यमन्त्रीले स्वागत गरेका थिए ।

नेपाली कांग्रेसका सांसद शाहले कपिलवस्तु र कञ्चनपुरका उखुकिसानले पाँच वर्षदेखि पैसा नपाएको भन्दै आक्रोश जनाएका छन् । सांसद शाहले उखुको पैसा माग गरेर विगत पाँच वर्षदेखि आन्दोलनरत किसानलाई दशैँ अगाडि पैसा उपलब्ध गराउन सरकारसँग माग गरे ।

‘किसानलाई दिनुपर्ने पैसा धेरै पनि छैन । जम्मा दुई करोड पचास लाख जति छ । रकम थोरै हो । तर, किसानका लागि महत्व राख्छ’, उनले भने, ‘उखु किसानहरूले पाँच वर्ष आन्दोलन गरेको भइसक्यो । कपिलवस्तु र कञ्चनपुरका उखु किसानलाई ब्याजसहित पैसा दिनुपर्छ ।’

‘सरकारप्रतिको विश्वास घटेको छ । आन्दोलनरत किसानलाई सिडिओले आश्वासन दिए । पैसा अहिलेसम्म पुगेको छैन’, कांग्रेसका सांसद शाहले भने, ‘सरकार गम्भीर छ भने दशैँभन्दा अगाडि नै पैसा दिइयोस् ।’

सांसद शाहले कपिलवस्तुसहित तराईका जिल्लामा पानी नपरेका कारण धानबालीमा नोक्सानी भएको बताएका छन् । उनले तराईका जिल्लाहरूमा संसदीय टोली पठाएर अध्ययन गरी ती जिल्लालाई सुख्खाग्रस्त घोषणा गरेर किसानलाई राहत दिन माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu