Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीशलाई महाअभियाेग लगाउन एमालेकाे सहयाेग चाहिएकाे छ : बार एसाेसिएशन

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको नेपाल बार एसोसिएशनको टोली एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बाल्कोट पुगेको छ ।

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीलाई भेट्न बारका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायी बालकोट पुगेका हुन् । उनीहरूले सर्वाेच्चमा देखिएका समस्या र आफूहरूको मागबारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका छन् ।

भेटमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले महाअभियोगका बारेमा सत्तापक्ष दल सकारात्मक देखिएका भन्दै एमालेको सहयोग चाहिएको बताउनुभएको छ ।

यस्तै भेटमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको छ ।

नेपाल बार एसोसिएशनसहित देशभरका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu