Connect with us
Kapilvast Forest

यूएईमा साढे चार दिनकाे कार्य हप्ता ताेकियाे, अब शुक्रवार आधा दिनपछि बिदा

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताएको छ । यसअघि हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको गल्फ न्यूजले जनाएको छ ।

विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ । साढे चार दिनको कार्य हप्ता आउँदो जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता लागू हुनेछ ।

कर्मचारीहरूलाई दैनिक काम गर्ने समय आठ घण्टा तोकिएको छ । शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो कार्यसूची लागू हुनेछ ।

कार्य हप्ता छोट्याउँदा उत्पादकत्व बढ्ने तथा कर्मचारीलाई काम र जीवनयापनको तालमेलमा सहज हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्यूजले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu