Connect with us
Kapilvast Forest

सहमति नजिकै पुग्याैँ, भाेलि बेलुकासम्म साझा उम्मेदवार सार्वजनिक गर्छाैँ : पाैडेल

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि बुधवार बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ ।आज मङ्गलबार चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।

महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि बेलुकासम्म आफूहरू पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो । त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उहाँले दाबी गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘नेपाली कांग्रेसको रूपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरूले आज विभिन्न कोणबाट छलफल गर्‍याैँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौँ, सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिक पुगेका छौँ ।’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ गतेदेखि काठमाण्डाैमा सुरु हुँदैछ ।वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकाङ्क्षी रहनुभएको छ । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेदवारी दिने गरी सहमतिको नजिक पुगिएको दाबी गर्नुभयो । यता संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिनुहुनेछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu