Connect with us
Kapilvast Forest

पत्रकार खशोग्गीको हत्यामा संलग्न व्यक्ति फ्रान्समा पक्राउ

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

एजेन्सी – साउदी पत्रकार जमाल खशोग्गीको हत्याका संलग्न भएका एक जना पक्राउ परेका छन् ।पत्रकार खशोग्गीको हत्यामा संलग्न साउदी अरेबियाका एक नागरिक मंगलबार फ्रान्समा पक्राउ परेको बीबीसीमा समाचार छ ।

प्रहरीले साउदीका खालेद एद अल ओतैबीलाई फ्रान्सको चार्लुस डे गोले विमानस्थलबाट पक्राउ गरेको हो । पत्रकार खशोग्गीको सन् २०१८ को अक्टोबरमा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

साउदी अरेबियाका अधिकारीहरुले दुर्घटनामा खशोग्गीको मृत्यु भएको दावी गरेका थिए । यद्यपी, टर्कीका अधिकारीहरुले साउदी अरेबियाको निर्देशनमा उनको हत्या भएको बताउँदै आएका छन् । खशोग्गी वाशिङटन पोस्टमा समेत काम गर्दै आएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu