Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशनस्थलमा आचारसंहिताविपरीत प्रचार सामग्री

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट टाँस्न नपाइने उल्लेख छ ।

तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार सामग्रीहरू राखिएका छन् । ती प्रचार सामग्रीहरू अब हटाइने निर्वाचन समितिका सदस्य तेज रावलले बताए । ‘आचारसंहितामा के गर्न मिल्ने/नमिल्ने प्रष्ट उल्लेख छ, त्यही अनुसार निर्वाचन समितिले आफ्नो काम गर्छ,’ उनले भने, ‘आचारसंहिताको कडाइका साथ पालना हुन्छ ।’

उम्मेदवारहरुको प्रचार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल भन्ने वितरण गर्न दिइनेछ । त्यस्तै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लैजान पनि रोक लगाइएको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डप केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूका उम्मेदवारहरूको ब्यानर, तुल र पोष्टरले भरिभराउ छ । कांग्रेस महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ ।

शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने सोमबार बिहानैदेखि मतदान सुरु हुनेछ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu