Connect with us
Kapilvast Forest

विदेशी शक्तिले नेपालमा अराजकता निम्त्याउँदैछ : ओली

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौँ — नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको आरोप ल लगानु भएको छ ।शुक्रबार नेकपा(एमाले) वागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरूलाई बधाइ, सम्मान तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताउनु भएको छ ।

नेपालमा कुटनीतिक क्षेत्रमा काम गरेर फर्किएका एक कुटनीतिज्ञले लेखेको पुस्तकले यस्तो कुरा स्पष्ट पारेको उनको भनाइ थियो । साथै एमालेले नेपालमा अराजकता भित्रिन नदिने भएकाले पुस्तकमा एमाले र आफूविरुद्ध लेखिएको पनि उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताउनु भयो । ‘एउटा नेपालमै लामो समय कुटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमाले विरुद्ध छ । अलिक राम्रैसँग मेरा विरुद्ध छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu