कपिलवस्तुमा ६० प्रतिशत बढीलाई कोरोना बिरुद्ध खोप, बाणगंगामा ७६ प्रतिशतले खोप लगाए
कपिलवस्तु –कपिलवस्तुमा १८ बर्ष माथीका ६० प्रतिशत बढीलाई कोरोना बिरुद्धको पहिलो डोज खोप लगाई सकिएको छ । २०७७ माघ देखि २०७८ का. मंसिर २७ सम्म कपिलवस्तुका १० पालिकमा गरी सो खोप लगाइएको हो । जिल्लाको कुल जनसंख्या ७ लाख ५५ हजार अनुमान गरेर खोप अभियान चलाइएको हो । जिल्लामा कोभिशिल्ड, भेरोशिल, जनशन, एक्ट्राजेनिका खोप लगाइएको हो ।
पहिलो र दोश्रो खोप लगाएको संख्या भने जम्मा ३२ प्रतिशत मात्र छ । एसएसबिच संस्थाको सहयोगमा स्वास्थ्य कार्यालयको सवन्वय र कपिलवस्तु नगरपालिकाको आयोजनामा तौलिहवमा राखिएको स्वाथ्यकालागि सक्षम प्राणली कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले सो जानकारी गराउनु भयो । सबै भन्दा बढी बाणगंगा नगरपालिकामा ७६ प्रतिशत कोराना बिरुद्धको खोप लगाईएको छ ।
यस्तै सबै भन्दा कम कृष्णनगर नगरपालिकामा ४२ प्रतिशत मात्र खोप लगाइएको छ । यस्तै बिजयनगर गाउपालिकामा ४९, बुद्धभुमी नगरपालिकामा ७१प्रतिशत, शिवराज नगरपालिकमा ५८प्रतिशत खोप लगाइएको छ । यसैगरी कपिलवस्तु नगरपालिकामा ५६ प्रतिशत, मायादेबी गाउपालिकामा ५७ प्रतिशत महाराजगंज नगरपालिकामा ५४ प्रतिशत र सुद्धोदन गाउपालिकामा ५१ प्रतिशत खोप लगाईको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले कोराना बिरुद्धको खोप सहजरुपमा जनता समक्ष पुग्नु पर्ने बताउनु भयो । उहाँले अझै पनि जनतामा कोरोना बिरुद्धको खोपका बिषयमा भ्रम रहेकोले त्यसलाई चिरेर अघि बढनु पर्ने बताउनु भयो ।
‘ कोरोना अब सबैको पहुचमा छिटै पूग्नु पर्छ ’ उहाँले भन्नु भयो । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले जनतालाई कोरोना बिरुद्धको खोप सहज र चाडै उपलबध गराउनु पर्ने बताउनु भयो । उहाँले अब नागरिकता र जन्म दर्ताको प्रमाण लगयातका कागजतहरुको प्रमाण हेर्न भन्दा कोरोनाको खोप सहजरुमा जनता समक्ष पुग्ने वातावरण मिलाउनु पर्ने बताउनु भयो ।
वडा नम्बर २ का अध्यक्ष रामभजन कलवाराले बैदेशिक रोजगारीमा जानेहरुले कोरोना बिरुद्धको खोप लगाउदा अनावश्यक पैसा तिर्नु परेको बताउनु भयो । उहाँले अब स्वास्थय कार्यालयले सर्वुसलभरुपमा कोरोनाको खोप घर घरमा पुर्याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, स्वास्थ्य जना जनसंख्या मन्त्रालयका कौशल भन्डारी, एसएसबिएचका लुम्बिनी संयोजक बद्री पौडेल, अहेब सुभाषचन्द यादव, सिद्धार्थकाजी बज्राचार्य, उमेश गुप्ता लगायतले कोरोेना खोप अभियानलाई प्रभावकारीढंगले अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियो । पहिलो डोज लगाएर पनि दोश्रो डोज नलगाएकाहरुलाई पनि खोजेर खोप लागईनेछ । कपिलवस्तुमा ६ हजार ४०५ कोरोना संक्रमित भएका थिए भने २ सय १४ जनाको कोरोनाले ज्यान गएको थियो ।
कोरोना खोप खोप लगाउन अब आफनो उमेर मात्र भने पुग्ने
अब देखि कोरोना खोप लगाउन कुनै प्रमण नचाहिने भएको छ । खोप लागाउन ईच्छुकले आफनो उमेर १८ बर्ष माथी रहेको भनेको आधारमा अब कोरोना खोप लगाउन प्रबन्ध मिलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रजिअ चक्रपाणी पाण्डेयको अध्यक्षतमा बसेको कोरोना खोप समन्वय समितिको बैठकमा सो निाणर््य गरिएको हो । समन्वय समितिका सचिव हेमराज पाण्डेयले अब देखि कोरोना खोप सहजरुपमा लगाउने गरी निर्णय गरिएको बताउनु भयो । उउहाँे खोप लगाउनेले आफु १८ बर्ष माथी रहेको भनेकै आधारमा खोप लगाईने उहाँले बताउनु भयो । ‘ खोपकालागि अब नागरिकता जन्मदर्ता लगायका प्रमण माग्दैनौ, आफनो उमेर १८ बर्षमाथी रहेको भने पछि खोप लगाउने ब्यवस्था गरेका छौ’ उहाँले भन्नु भयो । जिल्लालाई कोरानो बिरुद्धको पुर्ण खोप बनाउन अभियान चलाउने र त्यसकालागि जिल्लाका १० पालिकासंग समन्वय गरिने उहाँले बताउनु भयो । खोप लगाउन छुटेका ४० प्रतिशत लक्षित सुमहलाई खोजपडाल गरी खोप लगाईने उहाँले बताउनु भयो । उनले कोरोना बिरुद्धको खोप पर्याप्त रहेको बताउनु भयो ।
१२ देखि १८ बर्ष मुनीकालाई पुस ४ गतेबाट अभियान
कोरोना बिरुद्धको खोप अभियान अन्र्गत कपिलवस्तुमा १२ देखि १८ बर्षमुनीका किशोर किशोरालाई पुस ४ गते देखि कोरोना बिरुद्धको मोर्डना खोप लागईने भएको छ । सो अभियानकालागि केन्द्रसंग ८४ हजार डोज खोप माग गरिएको छ । सो उमेर समुहका किशोर किशोरालाई खोप लगाउन पालिकाहरुले तथ्यांक सकलन जारी राखेको छन । बिद्यालय र अन्य शैक्षिक संस्थाहरुसंग खोपका बिषयमा समन्वय गरी अघि बढेको स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताउनु भयो । मोर्डना लगाएकाहरुले दोश्रो डोज २८ दिन पछि लगाउनु पर्छ ।