Connect with us
Kapilvast Forest

४६ बिपन्नको निःशुल्क मोतियाबिन्दुको अप्रेशन

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु -तौलिहवा आखा अस्पतालमा ४६ बिपन्न र असायहयको निःशुल्क मोतिया बिन्दुको अप्रशेन गरिएको छ । हेल्पीङ हेन्डको सहयोमगा हिउमन रिलिफ अर्गनाईजेशनको आयोजनामा सो अप्रेशन गरिएको हो । सो सस्थाले कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा निःशुल्क आखा शिबिर राखेको थियो । शिबिरमा २ सय ७४ जनाले आखाको जाच गरेको अर्गनाईजेशका उपाध्यक्ष ताहिर महमुदले बताउनु भयो ।

शिबिरमा २ जना जर्नल फिजिसिएन डाक्टरले बिरामीहरुको जा समेत गरेको थिए भने औषधी समेत निःशुःल्क बितरण गरिएको थियो । सो शिबिरमा फेला परेका ४६ जनाको तौलिहवा आखा अस्पतालमा अप्रेशन गरिएको तौलिहवा अस्पतालमा प्रमोद यादवले बताउनु भयो ।

हेल्पीङ हेन्डका मेनेजर जीवा पोख्रेलले आफनो स.सथाले कपिलवस्तु लगायतका देशका बिभिन्न जिल्लामा गरिब र बिपन्नहरुकालागि बिभिन्न सेवामुलका काम गर्दै आएको बताउनु भयो ।

उहाँले स्वास्थ्य शिबिर, स्वास्थय सामाग्री बितरण, आयमुलक कार्यक्रम लगायत जारी राखिएको बताउनु भयो । मोतिया बिन्दुको निःशुल्क अप्रेशन सेवा पाएका गरिब र बिपन्नहरुले आफुहरुले नया जीवन पाएको बताउनु भयो । उनीहरुले आफुहरुले अब राम्ररी आखा देख्ने भन्दै खुशी ब्यक्त गरे । आफुहरुलाई सहयोग गर्ने संस्थाप्रति उनीहरुले आभार ब्यक्त गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu