ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्दत छन् : मन्त्री झाक्री
जनकपुरधाम – सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्दत हेको बताउनु भएको छ ।
बुधबार जनकपुर पुगेकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्दत रहेको बताउनु भएको हो । ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नु हुन्छ कि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
ओलीले आफूले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उहाँको भनाइ छ । उहाँले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उल्लेख गर्नु भयो ।
‘केपी ओलीलाई संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्दत हुनुहुन्छ ।