Connect with us
Kapilvast Forest

गुडिरहेको बसमा आगलागी

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना६ख ८४५६ नम्बरको यात्रुवाहक बसमा आगजनी भएको छ ।

पूर्व–पश्मिच राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेमा बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको बर्दघाट ट्राफिक प्रहरीले जनाएको छ ।

बसमा आगलागी भएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बसका चालक र सह–चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

आगजनीबाट कुनै मानवीय क्षति भएको छैन, आगजनी कसले किन गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu