Connect with us
Kapilvast Forest

जस्पुरमा वडा कार्यालय भवन बन्यो थप २ ठाउँमा वडा भवन बन्दै

२०७८, ४ पुष आईतवारमा प्रकाशित

प्यार अलि खान सरुमारानी-५ जस्पुरमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको २५ लाख रुपैयाँ तथा गाउँपालिकाको १६ लाख रुपैयाँ बजेटमा निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष सन्त बहादुर बरालले जानकारी दिए।

वडा भवनमा ३ वटा कोठा, १ वटा स्टोर रूम तथा शौचालय रहेको छ। भवन बनेपछि कार्यसम्पादन गर्न सहज भएको बरालले बताए। वडा भवनका लागि जग्गा दिने जग्गादाता दलबहादुर उलुङ्गे मगर तथा शान्ति देवी ज्ञवालीलाई सम्मान गरिएको छ।

भवनको पालिका प्रमुख झग बहादुर विश्वकर्माले उद्दघाटन गरेका थिए। यसैबिच गाउँपालिकाले वडा नं २ तथा वडा नं ४ मा पनि वडा भवन बनाउन यस आर्थिक वर्षमा ५५/५५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिए। प्रदेस सम्पुरक अन्तरगत पालिकाको २७ लाख ५० हजार रुपैयाँ तथा प्रदेस सरकारको २७ लाख ५० हजार रुपैयाँमा उक्त दुबै भवन बन्न लागेको उनले बताए। दुबै वडा भवनको ठेक्का सम्झौता भैसकेको रेग्मीले जानकारी गराए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj