सुनको मूल्य बढ्यो चाँदीको यथावत
काठमाडौं -साताको दोस्रो दिन आज सोमबार बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदीको मूल्य भने यथावत् रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।यस्तै, चाँदीको मूल्य भने यथावत् रहेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।