शिवराजमा विपद जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
कपिलवस्तु -विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन सम्बन्धि प्रशिक्षण एवम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिवराज ५ चन्द्रौटामा भएको अभिमुखिकरण तथा पशिक्षण कार्यक्रममा विपद्को परिचय, आपत्कालीन अवस्था, जोखिम न्युनीकरण, जोखिम पूर्वानुमान, पूर्वचेतावनी, खोज तथा उद्धारकार्य, पुर्नस्थापना, जलवायु परिवर्तन, सुरक्षाका उपायहरु, विपद अघिको समय, विपद्को समय र विपद पछिको समयमा अपनाउनु पर्ने सावधानीका विषयमा aप्रशिक्षक बिनादे कुमार शर्माले अभिमुखिकरण एबंम प्रशिक्षण दिनु भएको थियो । उहाँले नेपालमा समावेशी प्रकोप उत्थानशील प्रयासहरुबाट जोखिमपूर्ण समुदायको पूर्व तयारी स्थिति लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।
स्ट्रोम फाउण्डेसनको सहयोग , किर्डाक नेपालको आयोजना एवमं शिवराज नगरपालिकाको संमन्वयमा भएको प्रशिक्षण कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधिहर नगर प्रमख नेत्रराज अधिकारी ,उप प्रमुख शिवकुमारी थारु ,विभिन्न वडाका वडा अध्यक्षहरु एवम योजना शाखाका ,स्वाथ्य शाखाका ,शिक्षा शाखाका कर्मचारी लगायत ३० जनाको सहभागिता रहेको थियो ।
शिवराज नगरपालिकाकाका नगर प्रमुख नेत्रराज अधिकारीले अभिमुखिकरण कार्यक्रममा सहभागि सबैलाई विपद् जोखिम न्युनिकरणका लागि आफ्नो क्षेत्रका नागरीकहरुलाई विपद् सम्बन्धी सुसुचित गर्न अनुरोध गर्नुभयो ।
अभिमुखिकरण कार्यक्रममा उप प्रमुख शिवकुमारी थारुले प्राकृतिक तथा मानविय कारणले हुने विपदबाट ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरु बढी जोखिममा रहने बताउँदैं टोल–टोलबाटै विपद् जोखिम न्यूनिकरण गराउन जनचेतना फैलाउन जरुरी रहेको बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले विपदबाट हुन सक्ने क्षति न्यूनिकरण गराउनमा टोलबाटै सुरुवात गर्नुपर्ने भएकाले स्थानीय तहका जनप्रतिनिधीहरुका लागि तालिम सञ्चालन गरिएको बताउनु भयो ।
विपदमा कुन समुदाय कस्तो जोखिममा पर्न सक्छ र त्यसबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरा स्थानीय जनप्रतिनिधीहरुले जान्न आवश्यक रहेको भन्दै अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।