Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ६२ प्रतिशतले लगाएनन् कोरोनाविरुद्धको खोप

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु -स्वास्थ्यप्रति संवेदनशील र सचेतना नहुँदा कपिलवस्तुमा ६२ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छैनन । दोस्रो डोज लगाउने पनि ३२ प्रतिशतमात्र छन् ।

१८ वर्षमाथिका ४ लाख ५५ हजारलाई खोप लगाउनु पर्नेमा ३८ प्रतिशतले मात्रै पहिलो डोज खोप लगाएका हुन् । दुवै डोज खोप लगाउने ३२ प्रतिशतमात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

कार्यालयका अनुसार १ लाख ७२ हजारले पहिलो डोज लगाए । त्यसमध्ये १ लाख ४५ हजार ६ सयले मात्रै दुवै मात्रा खोप लगाएका छन् । खोप लगाउन सुरु गरेको एक वर्ष बढी भइसक्दा पनि संख्या बढ्न सकेको छैन । सुरुमा अक्स्ट्राजेनेकाको कोभिसिल्ड लगाइएको थियो । त्यसपछि भेरोसेल र पछि जोन्सन खोप लगाइएको थियो । जोन्सन खोपको एक डोजलाई नै पूरा मात्रा मानिएको छ ।

चिनियाँ खोपप्रति सीमा क्षेत्रमा बढी नकारात्मक धारणा छ । चिनियाँ खोपले दीर्घकालमा असर र्पुयाउँछ र नकारात्मक प्रभाव बढी छन् भन्ने हल्लाले सीमा क्षेत्रमा लगाउन रुचि नदेखाएको एक स्वास्थ्यकर्मीले बताए । अन्य कम्पनीका खोपबारे पनि अचेतना र डर–त्रासका कारण स्थानीयले खासै रुचि नदेखाएको स्वास्थ्यकर्मीले बताए ।

खोपप्रति यहाँ आकर्षण नहुँदा सुरु सुरुमा बुटवल, अर्घाखाँची, पाल्पा र भैरहवासम्मका व्यक्ति आएर लगाएका थिए । लक्षित वर्ग तोकिँदा उता गाह्रो हुन्थ्यो ।

यता लगाउने नभएपछि चिनेजानेका र आफन्तले बोलाएर लगाएका थिए । मायादेवी गाउँपालिका र वाणगंगा नगरपालिकामा अन्य जिल्लाका मान्छे आएका खोप लगाएपछि स्थानीय प्रशासनले छानबिन समितिसमेत गठन गरेको थियो । यहाँ दुवै डोज खोप लगाउने ३२ प्रतिशतमा २र४ प्रतिशत अन्यत्रकै छन ।

दसवटै स्थानीय तहमा एक वर्षदेखि १० पटक खोप लगाउने अभियान चलाए पनि खोप लगाउनेको संख्या बढ्न सकेको छैन । जिल्लामा पछिल्लोपटक ८० हजार डोज एक्स्ट्राजेनेका र भेरोसेल खोप आएको छ ।

स्थानीय तहले सर्वसाधारणलाई खोप लगाइरहे पनि अपेक्षाकृत भीड छैन । जिल्लामा पहिलो पटक गत माघ १४ गतेबाट खोप लगाइएको थियो । ‘खोपप्रति पढेलेखेकाहरू सचेत छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले भने, ‘ग्रामीण क्षेत्रमा डरत्रास र अज्ञानताले लगाउने कम छन् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu