नेपाली काँग्रेस कपिलवस्तुको जागरण अभियान जारी
कपिलवस्तु , भदै २७
नेपाली काँग्रेसको दोस्रो जागरण अभियानलाई निरन्तरता दिइएको छ । जस अन्र्तरगत क्षेत्र नं १ को ख मा पर्ने डुमरामा विहिवार सभा सम्पन्न गरिएको छ । सभामा प्रमुख अतिथीको रुपमा वोल्दै प्रदेश सभा सदस्य वसिउद्धिन मुसलमानले गाउं गाउंमा गएर जागरण गर्दा स्थानीय कार्यकर्ता र जनताका समस्याहरु जान्न सकिएको बताए । साथै वर्तमान सरकारका काम कारवाही जनमैत्री नभएको हसंदा सरकार विरुद्ध जनलहर समेत जागरण वाट हुने बताए ।
सो अवसरमा जिल्ला सचिव महेन्द्र कुमार पाठक, सह सचिव विरेन्द्र शुक्ला , जिल्ला सदस्य हरिराज घिमिरे,लललित गुरुग, लोकनाथ शर्मा, क्षेत्रिय सभापति अब्दुल मन्नान खां , प्रदेश क्षेत्रिय सभापति वलिउद्धिन मुसलमान, महिला संघ केन्द्रिय सदस्य, सुमित्रा शर्मा, इन्द्रिरा भट्राई लगायत वोलेका थिए ।
कार्यक्रम वुध सभापति अब्दुल मजिद मुसलमानको अध्यक्षतामा सम्पन्न भएको थियो । ६ वटै प्रदेश निर्वाचत क्षेत्रका विभिन्न स्थानमा जागरण अभियान निरन्तर चलेको कागे्रंस कपिलवस्तुका सभापति सुरेन्द्र राज आर्चायले बतांए ।