Connect with us
Kapilvast Forest

६ महिनामा १०१ जना फरार अभियुक्त पक्राउ

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं-जिल्ला प्रहरी कार्यालय नवलपरासीले विगत ६ महिनाको अवधिमा १०१ जना फरार अभियुक्त पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक मनोज कुमार यादवका अनुसार यस अवधिमा प्रहरी कारबाहीबाट ५ करोड १८ लाख भन्दा बढी राजस्व दाखिला भएको छ । जिल्लाको विभिन्न क्षेत्रमा भएको चोरी तस्करीका मालसामान बरामद गरी ६ महिनाको अवधिमा कुल ५ करोड १८ लाख ८३ हजार ६४ रुपैयाँ भन्सार तथा विभिन्न सरकारी निकायमा राजस्व दाखिला गराएको उनले जानकारी दिनु भयो ।

यो अवधिमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याएको अवस्थामा प्रहरीले हरियो केराउ, किराना सामान, हार्डवेयर, लत्ताकपडा, ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनु भयो । यी सामानहरुको कुल मूल्य ४ करोड ७० लाख ३९ हजार ९४ रुपैयाँ रहेको उहाँको भनाइ छ ।

त्यसैगरी प्रहरीले उक्त अवधिमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३९ वटा ट्याक्टर, २ वटा जेसीबी नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको र त्यसबाट ६ लाख ९८ हजार ४ सय ७३ मूल्य बराबर राजश्व दाखिला भएको प्रहरीको भनाइ छ ।

यसै अवधिमा ३५ लाख ९० हजार रुपैयाँ श्रोत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको प्रहरीले जनाएको छ । यस अतिरिक्त ५ लाख ५५ हजार ५३३ रुपैयाँ मूल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय प्रमुख यादवले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu