Connect with us
Kapilvast Forest

शुभलक्ष्मि बहुउद्देश्यीय महिला सहकारी सस्थाको १७ औं साधारण सभा सप्पन्न

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु -शुभलक्ष्मि बहुउद्देश्यीय महिला सहकारी सस्थाको १७ औं साधारण सभा सप्पन्न भएको छ। साधारण सभाका प्रमुख अतिथी शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले महिला सहकारीको माध्यम बाट महिलाहरु सशक्त भएकोमा खुशी ब्यत्त गर्दै सहकारीले महिला उद्दमी बन्न टेवा पुराएको बताउनु भयो ।

स्थानिय तहले पनि महिला सशक्तीकरणको पाटोलाई विशेष महत्व दिएर बिभिन्न कार्यक्रम तय गरि सहभागी गराउने तथा ब्यत्तित्व तथा नेतृत्व बिकासका लागि टेवा पुराएको समेत बताउनु भयो ।

प्रमुख अतिथी थारुले यो छेत्रमा बढी मात्रमा बालबिबाह हुने क्षत्र भएकाले पनि शिवराज नगरपालिकाले कार्ययोजना निमार्ण गरेको र सो कार्ययोजनाले बालबिबाह न्यूनीकरण गर्न सक्ने बताउदै महिलाहरुलाई सहकारी शिक्षा मार्फत सचेत गराउनु पर्ने त्यस्का लागि नगरपालिका पनि तयार रहेको बताउनु भयो । सहकारीको माध्यमबाट राज्यबाट महिलाहरुलाई दिने सेवा सुबिधा र लगानी बारे जानकारी पाउन सहज भएको बताउनु भयो । त्यस्तै चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोखरेलले महिला उद्दमी उत्पादन गर्न सहकारीको महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।

सहकारीले कृषि छेत्रमा समेत काम गर्न जरुरी रहेको बताउदै स्थानिय तहले महिला सशक्तीकरणको पाटोलाई फोकस गरेर काम गर्न र सहकारी संग सहकार्य गर्न आवश्यक रहेको समेत बताउनु भयो ।

त्यसतै शिवराज नगरपालिका वडा न.५ का वडा अध्यक्ष अर्जुन बहादुर पान्डेले महिला सहकारीले बचत संगै महिला उद्दमी उत्पादन गर्न विभिन्न खालका तालिम सन्चालन गरि व्यावसायिक योजना निर्माण गर्न र लागू गर्न सस्थाले योजना बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य निशा बिश्वकर्माले सहकारी सस्थाले बचत गर्ने,रिण लगानी गर्ने,सहकारीमा किन आबद्द हुन जरुरी छ,महिला सशक्तीकरणलाई कसरी टेवा पुराउन सकिन्छ भन्ने वारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा आर्थिक प्रगती प्रतिबेदन र कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार समिति तथा जेष्ठ महिला सदस्यलाई सम्मान गरियको थियो। सस्थाका पुर्व अध्यक्ष लालुमाया पोखरेल,महिला बालबालिका शाखाका सारदा गुप्ता,वडा न ५ का वडा अध्यक्ष अर्जुन बहादुर पान्डे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य निशा विश्वकर्मा,चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोखरेल सहाभागितामा शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सस्थाका अध्यक्ष विश्नु पोखरेलको अध्यक्षता गिता पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj