Connect with us
Kapilvast Forest

उखु खेतीबाट पलायन हुँदै किसान

२०७८, १९ पुष सोमबारमा प्रकाशित

 

 

काठमाडौं- सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएका छन्।

उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेको र उखुको लगानी उठ्ने अवस्था नहुँदा किसानहरू पलायन हुन थालेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्। सरकार र चिनी उत्पादक दुवैतिरबाट असन्तुष्ट हुँदै गएपछि उखु किसानहरू खेतीप्रति नै निराश देखिएको महासंघ अध्यक्ष मैनालीको भनाइ छ।

जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै जुन सरकार आए पनि उखु किसानको समस्या समाधान गर्न नसकेको बताउँदै महासंघ अध्यक्ष मैनालीले अहिले पनि कति मूल्यमा किसानले आफ्नो उत्पादन चिनी उद्योगलाई बेचेको हो भन्ने कुरो थाहा नपाएको बताएका छन्। आफ्नो उत्पादनको मूल्य थाहा नपाउने उखु किसानले आफूले बिक्री गरिसकेको मूल्य कहिले पाउने, त्यो पनि थाहा नहुने देशका किसान निराश हुनु स्वाभाविक भएको मैनालीको भनाइ छ।

खेतमा मलखाद, बिउ र खेतको तयारी तथा सिँचाइ सबैमा किसानले आफ्नो घरको लगानी गरेर वा ऋण लिएर खेती गरे पनि एकातिर उचित मूल्य नपाउनु र अर्कोतिर उधारोमा बेचेर उखुको मूल्य पाउन आन्दोलन गर्नुपर्ने अवस्था आउनु किसानका साथै देशकै लागि दुर्भाग्यको अवस्था भएको मैनालीको भनाइ छ। भुक्तानीका लागि किसानले अरू काम छाडेर उद्योगमा तारेखमा धाएजस्तै दौडनुपरेको अवस्थामा किसानहरूले उखु खेती विस्तारै छाड्दै गएको स्वीकार गरेका छन्।

नागरिक

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu