Connect with us
Kapilvast Forest

राप्रपा केन्द्रीय समितिमा मनोनयनप्रति कमल थापाको आपत्ति

२०७८, २२ पुष बिहीबारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा विधानको उल्लंघन तथा पक्षपात भएको आरोप लगाउनु भएको छ ।

हालै काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हरेक निर्णयको विरोध गरिरहनु भएको छ ।

यसअघि उनले राप्रपा काभ्रे जिल्ला समितिका अध्यक्षलगायत नेतालाई पार्टीबाट निष्कासन गरिएको निर्णयप्रति आपत्ति जनाउनु भएको थियो ।अहिले राप्रपा केन्द्रीय समितिमा सदस्यहरूको मनोनय गर्दा पनि थापाले प्रश्न उठाउनु भएको हो ।

राप्रपाका पूर्वअध्यक्ष थापाले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको आरोप लगाउनु भएको हो ।

‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु’, थापाले भनेका छन्, ‘३३ प्रतिशत अनिवार्य महिला मनोनीत गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ। मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ। जनाधार भएका नेताहरूलाई उपेक्षा गरी चुनाव हारेकालाई मनोनीत गरिएको छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu